नेपाली चलचित्रमा अहिले नायक वा नायिकाका लागि बडिगार्ड आवश्यकता र फेसन दुबै बनिरहेको छ । चलचित्र ‘ड्रिम्स’ रिलिजको समयमा नायक अनमोल केसी केही बडिगार्ड सहित हल पुगेपछि त्यसले हंगामा मच्चाएको थियो । विशेषगरि, हलमा दर्शकको अत्याधिक चाप हुने भएकाकारण, नायक वा नायिकाका लागि बडिगार्ड स्वभाविक नै हो ।
२ साता अगाडि मात्र रिलिज भएको चलचित्र ‘ए मेरो हजुर २’का मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सलिनमान बनियाँ हलमा पुग्दा पनि ६ जना बडिगार्डको व्यवस्था गरिएको थियो । सो समयमा ६ जना बडिगार्ड नभइदिएको भए साम्राज्ञी र सलिनलाइ दर्शकबाट उम्काउन धौ-धौ पर्ने पक्का थियो ।
चलचित्रको प्रिमियर वा कलाकार हलमा पुग्दा बडिगार्डको सुरक्षा आवश्यकता हुँदै गएको छ । नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढ्नु, स्टार क्रेजका कारण पनि बडिगार्ड दर्शकमाझ पुग्दा चाहिने अवस्था आएको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रदर्शनको समयमा नायक पल शाह र नायिका पूजा शर्मा हलमा पुग्दा दर्शकको भिड उल्लेख्य थियो । सो समयमा बडिगार्ड नहुँदा पल र पूजालाइ भिडबाट बाहिर निस्कन धौ-धौ नै परेको थियो । नायक प्रदिप खड्का चलचित्र ‘प्रेमगीत २’को रिलिजको समयमा विना बडिगार्ड हलमा पुगेका थिए । उनी अभिनित चलचित्र ‘प्रेमगीत २’ हेर्न दर्शकको हलमा थामिनसक्नु भिड थियो ।






Comments
Post a Comment